त्रिवेणी कप अन्तरगत आइतबार चार खेल सम्पन्न

बेसीशहर– १६ पुस ।
त्रिवेणी युवा क्लवले सञ्चालन गरेको २६ औं त्रिवेणी कप फुटबल अन्तरगत आइतबार ४ वटा खेल सम्पन्न भएका छन् । आइतबारबो पहिलो खेलमा बाहुनडाँडा, ताघ्रिङ र घेर्मुको संयुक्त टीम बाघेता युनाइटेडलाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै आरएफसी चितवन क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आजको दोस्रो खेलमा इच्छाकामना चितवनलाई १–२ गोलअन्तरले हराउँदै घनपोखरा फुटबल क्लव पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा आयोजक त्रिवेणी युवा क्लव र अन्नपूर्ण युवा क्लव नाल्माबीच भएकामा निर्धारित समयमा दुवै पक्षले गोल गर्न नसकेपछि खेल  ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा आयोजक त्रिवेणी ४–३ ले विजयी भयो ।
आइतबारको अन्तिम खेलमा अलैैचे युवा क्लवलाई शुन्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै बुद्धयुथ क्लव भोटेओडार पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।