पर्यटकले पनि मनाए नेपाली टोपी दिवस

बेसीशहर, १७ पुस

भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटकहरु नेपाली टोपी सहित सहभागी भएका हुन् ।

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानियले आयोजना गरेको र्यालीमा विदेशी पर्यटकहरुले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेको बेला यो दिवस मनाउन पाएकोमा खुशी लागेको बेलायती पर्यटक जुलीयाले बताउनुभयो ।

दिवसका अवसरमा उद्योग बाणिज्य सँघ लमजुङ, रोटरी, रोट्रयाक्ट, जेसीस सहित विभिन्न युवा क्लवहरुले आज बिहान बेसीशहरमा ¥याली निकालेका थिए । ¥यालीमा आयोजक सहित टोपी लगाएका विदेशी र सर्वसाधारणको स्वःस्फूर्त सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचानका टोपीको महत्व रहेको भन्दै यसको महत्वलाई अझै बढाउन टोपी दिवस सान्दर्भिक भएको रोटरी क्लव अफ लमजुङका अध्यक्ष दिपक पौडेलले बताउनुभयो ।

विदेसी सस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारी तवरबाट नै टोपी दिवसलाइ विषेश महत्व दिनुपर्ने लमजुङ उद्योग बाणिज्य सँघका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

विगत चारवर्ष अघिदेखि रोट्रयाक्ट क्लव अफ लमजुङले टोपी दिवस मनाउदै आएको छ । अन्तराष्ट्रिय क्लव रोट्रयाक्टले नेपाली पनको महत्वलाई प्रवद्र्धन गर्न टोपी दिवस मनाउदै आएको क्लवका अध्यक्ष झमप्रसाद गुरुङले बताउनुभयो ।