ट्रम्पले उनकै शैलीमा जवाफ फर्काए र भने मेरोले काम पनि गर्छ

१९ पुस, एजेन्सी  । उत्तर कोरियाली नेता किमजोङ उनले परमाणु बमको स्वीच आफ्नो डेस्कमा जोडिएको भन्दै अमेरिकालाई धम्क्याएको लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तै शैलीमा उनलाई जवाफ फर्काएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमक रुपमा ट्वीटरमार्फत उनलाई जवाफ दिएका हुन् । उनले आफ्नो ट्वीटमा किम जोङलाई कसैले भनोस् कि एक परमाणु स्वीच मसंग पनि छ । र मेरो वालाले काम पनि गर्छ ।’
यसअघि किम जोङले नया बर्षको अवसरमा अमेरिकालाई चेतावनी दिदै अमेरिकाबिरुद्ध परमाणु बम खसाल्न सक्ने भन्दै त्यसको स्वीच आफ्नो टेबलमा रहेको बताएका थिए । यसको दुई दिन लगत्तै ट्रम्पको प्रतिक्रिया आएको हो । ट्रम्पले भनेका छन् North Korean Leader Kim Jong Un just stated that the “Nuclear Button is on his desk at all times.” Will someone from his depleted and food starved regime please inform him that I too have a Nuclear Button, but it is a much bigger & more powerful one than his, and my Button works!

(‘उत्तर कोरियाका नेता किम जोङ उनले भनेछन् कि उनको डेस्कमा सधैं एक न्यूक्लियर बटन हुन्छ । उनको कमजोर र खानाका लागि संघर्षरत साम्राज्यबाट कसैले उनलाई बताओस् कि मसँग पनि एक परमाणु बटन छ, जुन उनको भन्दा निकै ठूलो र शक्तिशाली छ । साथै मेरो परमाणु बटमले काम पनि गर्छ ।’)