घडेरी (लघुकथा)

सुधिर कुमार सुमन

लप्टन बाजे का तीन छोरा थिए।जमना मा गाउँ मा धनी मानी मान्छे थिए रे ।बाजे को बेसि फांट मा जग्गा धेरै थियो अरे ।
दिनहुं जसो लौरी टेक्दै आउंथे।चौतरा मा बसेर बेसि फांट हेर्दै टोलाउंथे।एक दिन संयोग ले बाजे संग मेरो चौतरा मा भेट भएको थियो ।
बुढा ले दुखेसो पोखे का थिए”के गर्नु हेर केटा जमना मा(चोरी औंला ले देखाउंदै) उ त्यो खेत को टुंडो देखि यी यता सम्म सबै मेरै खेत थियो।लह लह धान झुल्थे।(हात को पार लाउंदै) यति लामा लामा मकै को घोगा हाल्थे।के गर्नु छोरा हरु कुलङ्गार निस्किए”।खुइय सुस्केरा काढे।

आजकल ती जग्गा मा न लह लह धान थियो न त मकै को घोगा नै।बडेमान को कन्कृट को भवन हरु ले भरिएको थियो।
मैले पनि मौका मा भनी हालें”भएका ले बेच्ने त हो नि बाजे।हाम्रा बाउ बाजे ले सम्पती जोडे को भए हामी पनि बेच्ने थियौ होला नि”।
“मैले त तिनी हरु लाई आफ्नै ठाउँ मा पाखुरी बजाउन।आफ्नै देश मा केही गरून् भनेर पो जोडिदिएको सम्पती हो त।सबै बेचेर त्यही पैसो ले कोहि अमेरिका पुगे कोहि बेलायत।कोहि सम्पती कमाउन बिदेश भासिए।हाम्रा चाहिँ सम्पती धेरै भएर बेचेर बिदेश भासिए।अहिले तिनीहरु ले कमाएर त्यति जोड्न सक्लान त।आफै लाई खान त पुग्या छैन होला।अहिले आफै लाई न्वागी खाने खेत पनि बांकी नराखेर सबै बेचेर सके।मिल्ने भए त मेरो लागि बचे को तीन हात बित्ता को टुक्रो पनि बेच्थे होलान”।बाजे एक सुर मा बोल्दै गए म सुनी रहें।