समाज रुपान्तरणमा पत्रकारको भुमिका महत्वुर्ण ः न्यायाधीश आचर्य

शान्ता कमली
लमजुङ २७ पुस
समाज रुपान्तरणका लागि पत्रकारको महत्वपुर्ण भुमिका हुने सरोकारवालाहरुले बताएका छन् । सदरमुकाम बेंसीशहरमा बुधबार आयोजना गरिएको पत्रकार आचारसंहिता जागरण अभियान अन्र्तक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला न्यायाधीश कोमलप्रसाद आचर्यलेसमाज रुपान्तरणको लागि पत्रकारको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पत्रकार समाजको ऐना हुन् ऐना बनेर समाजमा भएका बास्तविक घटनालाई आम जनता सामु लैजानुपर्छ ।’ समाजमा विकृति फैलाउने नभई समाजलाई सकारात्मक बाटोतर्फ लैजाने समाचार सम्प्रेषण गर्न उहाँले पत्रकारहरुसंग आग्रह गर्नुभयो । “धेरै कुरा भन्नै पर्दैन, पत्रकार र अरुले पनि के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने ख्याल राख्न सके मात्र आचारसंहिताको स्वत पालना हुन्छ ।” आचार्यले भन्नुभयो ।
त्यस्तै नेपाल प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले पत्रकारिता पेसा एक जिम्मेवार पेशा भएकाले मर्यादित भएर काम गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले आचारंसंहिता उलङ्घन गर्नेलाई काउन्सीलले कानुनको दायरमा ल्याई कार्बाही गर्ने जनाउ दिनुभयो । काउन्सीलका अर्का सदस्य संगीता खड्काले पत्रकारहरु आचारसंहितामा बाधीएर पेसालाई मर्यादितका साथ अघि बढ्नुपर्ने बताउनुभयो । गलत समाचारले आफ्नो पेसालाई समेत असुरक्षित बनाउने भएकाले पत्रकारले सत्यतथ्य समाचार प्रशारण तथा प्रकाशन गर्नुपर्नेमा उहाँको जोड थियो ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले पत्रकारलाई गलत समाचार सम्प्रेषण नगर्न आग्रह गदै सत्यतथ्य समाचारलाई जनतासामु पुराउन आग्रह गर्नुभयोे । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले आचारसंहिताबारे पत्रकार जानकार हुनुपर्ने भन्दै आचारसंहिताको पुर्ण कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङको अध्यक्षतामा भएको थियो ।