मनाङमा तापक्रम माइनस १६ डिग्री: जनजीबन प्रभावित, खोला, तलाउ बरफ बने

चामे, पुस २७

देशभर येतिबेला चिसो बढेको छ । गर्मी मौसममा औधी गर्मी हुने ठाउँमा पनि अहिले कठ्यांग्रिने जाडो बढेको छ । यस्तो समय हिमाली क्षेत्रमा कति जाडो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

सदाबहार जाडो भै रहने हिमाली जिल्लामा मनाङमा भने येतिबेला तापक्रम घटेर माइनस १६ डिग्री  पुगेको छ । अत्यधिक जाडो बढ्दा बगिरहने साना खोलाहरु जमेका छन् । धारमा आउने पानी पनि भुइँमा नखस्दै जमेको छ । खोला तथा ताल तलाउमा पानी जमेर बरफ बनेका छन् । रातीको  बेला परेको शीत जमिनमा बरफ बनेको छ भने पिउने पानीका मुहान पनि जमेका मनाङका स्थानीय चेकमान गुरुङले बताउनु भयो ।
जाडो हदै बढे पछी मनाङमा अहिले मजदुरी काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् ।
सामान्य जाडो बढ्दै गर्दा मनंगीहरु लमजुंग, पोखरा, काठमाडौँ लगाएतका ठाउँमा झर्छन । अहिले पनि सक्नेहरु मनाङबाट अन्यत्र गइ सकेका छन् । मनाङमा अहिले बुढा बुढी र केटाकेटी मात्र हुन्छन । जाडोका कारण घरबाहिर निस्की सक्नु छैन । घर भित्र आगो तापेर बस्नु पर्छ ।   मनाङमा सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।
यो समयमा गाउ“ घरमा घर कुर्ने चौ“री हेर्ने र हिउ“ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् । जाडो छल्नका लागि यहा“का बासिन्दा काठमाडौं, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउ“घरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि उनीहरु धुपी जिम्भु पा“चऔ“ले लगायतका जडीबुटी लिएर लमजुङ गोरखा लगातयका जिल्लामा आउने गर्छन् । मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षै्पिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताउनुभयो ।
यता लमजुङमा पनि अत्याधिक चिसो बढेको छ । दिउ“सोको समयमा घाम लागेपनि बिहान बेलुका अत्याधिक चिसो महशुस भएको छ । चिसोबाट बालबालिका र कामदार बढी प्रभावित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *