पारेदेवीको उपाधि नख्खीपोट ललितपुरलाई

बेसीशहर माघ ७ ।

ललितपुरको नख्खीपोट युवा क्लव आठौं आठौं पारेदेवी नकआउट फुटवल प्रतियोगिता २०७४ को उपाधि जित्न सफल भएको छ ।
दोर्दी गाउँ पालिकाको दुवार गाउँमा माघे संक्रान्तिको अवसरमा स्थानीय पारेदेवी युवा क्लवले आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइन खेलमा सेभेनलक्की युवा क्लव हिलेबजारलाई शुन्यका विरुद्ध १ गोल गर्दै नख्खीपोटले उपाधि जितेको हो ।
खेलका इन्जुरी समयमा सौरभ मगरले गरेको एकमात्र गोल नख्खिपोटलाई उपाधि दिलाउन निर्णायक बन्यो । यससंगै नख्खीपोटले एकलाख रुपैयाँ नगद पुरस्कारका साथमा कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
प्रतियोगिताको उपविजेता सेभेनलक्कीले नगद ५० हजारका साथमा, ट्रफि, रजतपदक र प्रमाणपत्र पायो । सेमीफाइनल पुगेको घनपोखरा युवा क्लव र बीवाइसी भोटेओडारले नगद १५÷१५ हजार रुपैया पुरस्कार पाए । प्रतयोगिताभर सबैभन्दा बढी ७ गोल गर्ने सेभेनलक्कीका लिलजंग तामाङल नगद ६ हजार र ट्रफि पुरस्कार पाए ।
सोही प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा आयोजक पारेदेवी युवा क्वलले प्रथमस्थान प्राप्त ग¥यो । फाइनलमा सेभेनलक्की युवाक्लवलाई ट्राइबेकरमा ३–१ ले पछि पार्दै आयोजकले महिलातर्फको उपाधि जितेको हो । खेलको निर्धारित समयमा १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । महिला तर्फ पारेदेवीले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउन सफल भयो भने दोस्रो स्थानमा चित्त बुझाएको सेभेनलक्कीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पायो ।
बिजयी खेलाडीहरुलाई पूर्व सांसद जमीन्द्रमान घले, आयोजक पारेदेवी युवा क्लवका अध्यक्ष ओमलाल गुरुङ, प्रथम पुरस्कारका प्रायोजक नवराज भण्डारीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ १० वटा टीमले सहभागिता जनाएका थिए ।