भूकम्पपश्चात भत्केका १ सय ५५ विद्यालय भवन पुननिर्माण

भूकम्प गएको लामो समय वितिसक्दा पनि विद्यालय पुननिर्माणको गतिले सोचेजति  तिव्रता पाउन सकेको छैन। लमजुङमा भूकम्पपश्चात भत्केका १ सय ५५ विद्यालय भवन बल्ल पुननिर्माण गरिएको छ । विभिन्न गैह्र सरकारी संस्था र शिक्षा विभागको पहलमा यी संख्याका विद्यालय भवन पुननिर्माण गरिएको हो । जसअन्तर्गत १ सय १० विद्यालयमा २ कोठे, १६ विद्यालयमा ३ कोठे, १९ विद्यालयमा ४ कोठे, ५ विद्यालयमा ८ कोठे र २ वटा विद्यालयमा १० कोठे भवन निर्माण गरिएको जिल्ला शिक्षा कार्यालय लमजुङको तथ्याङ्कमा उल्लेख रहेको छ ।
विद्यालय भवन पुननिर्माण अन्तर्गत च्वाइस नेपाल नामक गैह्रसरकारी संस्थाले २ करोड ३५ लाखको लागतमा सुन्दरबजार नपा स्थित संस्कृति सदन माविमा ८ कोठे र राइनास नपा स्थित शैलपुत्री माविमा १० कोठे विद्यालय भवन पुननिर्माण गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाले ३ करोड २३ लाख बढीको लागतमा ८ विद्यालय भवनको पुननिर्माण गरेको छ, भने ११ विद्यालय मर्मत गरेको छ । संस्थाले ८ विद्यालय अन्तर्गत ७ विद्यालयमा २ कोठे भवन र १ विद्यालयमा ६ कोठे भवन पुननिर्र्माण गरेको छ । यस्तै व्रिटिस वेलफेयरद्धारा ३ करोड ५० लाख ८६ हजार बढीको लागतमा ३ विद्यालय भवन पुननिर्माण गरेको छ । संस्थाले ८ कोठे २ र १० कोठे १ विद्यालय भवन पुननिर्माण गरेको छ । यस्तै वल्र्ड भिजन लमजुङ एडिपीको आर्थिक सहयोगमा आरसीडिसी लमजुङले १ करोड ३२ लाखको (बा“की ३ पेजमा)    लागतमा जिल्लाका ६ विद्यालयमा २ कोठे भवन निर्माण गरेको छ । यता शिक्षा विभागबाट आव २०७२÷०७३ मा प्राप्त १ करोड ७३ लाख बजेटबाट २ कोठे ७५ वटा भवन, ३ कोठे १३ वटा भवन, ४ कोठे ९ वटा भवन, ६ कोठे २ वटा भवन र ८ कोठे २ वटा विद्यालय भवन पुननिर्माण गरिएको जिल्ला शिक्षा कार्यालय लमजुङका शाखा अधिकृत बाबुराम बरालले बताए । शिक्षा कार्यालयका अनुसार चालु आव २०७३÷०७४ मा २ कोठे २५ विद्यालय भवन र ४ कोठे ८ विद्यालय भवन पुननिर्माण भएको छ । यस्तै शिक्षा मन्त्रालय अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाई मार्फत प्राप्त १ करोड १५ लाखबाट ३ विद्यालयमा २ कोठे, ३ विद्यालयमा ३ कोठे र २ विद्यालयमा ४ कोठे भवन पुननिर्माण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयका अनुसार भूकम्पबाट ४ सय ९६ विद्यालयका कक्षाकोठा भवन क्षतिग्रस्त भएका थिए । जसमध्ये हालसम्म १ सय ५५ विद्यालयका भवन मात्र पुननिर्माण भएका हुन् ।