पाँच महिनामा सवारी कारवाहीबाट २६ लाख भन्दा वढि राजश्व संकलन

लमजुङ, माघ १६

लमजुङमा सवारी साधनहरुको चाप बढ्दै गएपछि ट्राफिक सचेतना स“गै कारबाहि पक्रिया समेत बढाउ“दै लगिएको छ । जिल्ला ट्राफिक कार्यालय लमजुङले जनस्तरमा सचेतना स“गै नियम उल्लङ्घन गर्नेलाई कारबाहि पक्रिया पनि तिव्र पारेको हो ।
चालु आर्थिक वर्षको पा“च महिनामा सवारी कारवाहीबाट २६ लाख भन्दा वढि राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक २०७४÷७५ को पुस मसान्तसम्म सवारी कारवाहीबाट २६ लाख ४८ हजार ५ सय रुपैया राजस्व संकलन भएको हो ।
उक्त राजस्व ३ हजार ७ सय भन्दा बढी ट्राफिक नियम उल्लङघन गर्ने सवारी कार्बाहीबाट संकलन भएको जिल्ला टूाफिक प्रहरी कार्यलय लमजुङका प्रमुख निरबहादुर अधिकारीले बताए ।        जसमध्ये कारवाहिमा परेका सवैभन्दा धेरै १ हजार ४ सय ९७ मोटरसाइकलबाट १० लाख  २५ हजार रुपैया राजस्व संकलन भएको छ ।  त्यस्तै कारवाहिमा परेका ४ सय ४९ ट्रकहरुबाट २ लाख ६७ हजार  राजस्व संकलन भएको छ । त्यसैगरी १ हजार ९६ जिप, कार, भ्यान कार्बाहीमा परेका छन् । जसबाट ६ लाख, ६५ हजार राजस्व संकलन भएको छ भने ३ सय, ५० बसबाट १ लाख ,९६ हजार ५ सय रुपैया“ र ३ सय २६ टयाक्टर कारवाहीबाट १ लाख, ९५ हजार राजस्व संकलन भएको छ ।
ट्राफिक कार्यालयले स्कुले विद्यार्थीहरु, नागरिक र चाकलाई सडकमै ल्याएर नियम र प्रक्रियाबारे प्रयोगात्मक विधिबाटै सचेतना समेत जगाउ“दै आएकोे छ । सागुरो बाटो र नागरिक स्तरमा पनि चेतनाको कमी भएकाले दुर्घट्ना बढ्न थालेको भन्दै अभियान नै चलाउ“दै आएको ट्राफिक कार्यालय लमजुङले जनाएको छ ।
गत आर्थीक बर्ष २०७३÷७४ मा  ७ हजार ५ सय ३ सवारी कार्बाहीबाट ४६  लाख ९३ हजार ५ सय रुपैया“ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङको जनाएको  छ । चालु आवको पुष मसान्तसम्म  साना ठुला गरी ७ सवारी दुर्घटनामा  परेको र सवारी दुर्घटना बाट ८ जनाको ज्यान गएको टूाफिक प्रमुख अधिकारीले जनाकारी दिए । ट्राफिक सचेतना स“गै जिल्लामा सवारी दुर्घटनाका घट्नामा पनि कमी आएको छ ।
अहिले दैनिक रुपमा छड्के सवारी चेकजा“, बेसीशहर बजार क्षेत्रमा रहेका ठेलाहरु व्यवस्थापन, ट्राफिक नियमबारे सचेतना लगाएतका विषयमा केन्द्रित बनेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
पछिल्लो समय दैनिक रुपमा हुने चेकजा“ले गर्दा पनि सवारी व्यवस्थापन र ट्राफिक नियम पालना गर्ने बानीको समेत विकास भएको  छ।