हाम्रो नगर राम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर भन्ने नाराका साथ बेसीशहर महोत्सव सुरु

बेसीशहर, २९ माघ
लमजुङ सदरमुकाम बेसीशहरमा सोमबारदेखि दोस्रो बेसीशहर महोत्सव  शुरु भएको छ ।
‘हाम्रो नगर राम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर’ भन्ने नाराका साथ लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाइको आयोजनामा शुरु भएको महोत्सव आगामी फागुन ८ गतेसम्म बेसीशहरको दनाईफाँटमा सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन पूर्व सोमबार मध्यान्ह बेसीशहरमा विभिन्न झाँकी सहितको ¥याली निकालिएको थियो ।
लमजुङको समग्र आर्थिक विकासका लागि आयोजना गरिएको महोत्सवले जिल्लाको विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको छ । आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईका अध्यक्ष प्रदिप बस्नेतले महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रर्दशनी, फोटो तथा बृत्तचित्र प्रर्दशनी, परम्परागत खाना महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।
महोत्सवको अन्य आर्कषणको रुपमा मस्र्याङ्दी नदिमा ¥याफटिङ, ग्रामीण पर्यटकीय क्षेत्रमा प्याकेज टुर, घरेलु तथा हस्तकला प्रदर्शनी पनि आयोजना गरिएको छ ।
महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्दै मेला महोत्सवले त्यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने भन्दै लमजुङ जलविद्युत, पर्यटन कृषि र जडिवुटीको संम्भावना भएको जिल्ला भएकाले यसको प्रर्वद्धनका लागी महोत्सवले महत्वपुर्ण भुमीका खेल्न सक्ने बताउनुभयो ।
उद्घाटन सत्रमा पुर्व सांसद जमिन्द्रमान घले, जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डे, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिं अर्याल, नेकपा एमालेका जिल्ला कमिटी सचिव कृष्ण प्रसाद अधिकारी, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव हरि वराल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि सुनिल सुनार लगायतले महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गर्नुभयोे ।
आयोजकले महोत्सवको टिकट विक्रीबाट उठेको रकममध्ये दैवि प्रकोप उद्धार कोष, सर्वोद्धय जेष्ठ नागरिक आश्रम, मानव सेवा आश्रम र आर्दश महिला तथा वाल गृहका लागि प्रति टिकटबाट ५०÷५० पैसा छुट्याईएको जानकारी संयोजक बस्नेतले दिनुभयषे ।
पहिलो महोत्सवबाट बेसीशहरमा जडित सिसि टिभि क्यामेराको मर्मत संभार कोषको लागि ५ लाख रुपैयाँ छुट्टाइएको छ ।
९ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय ९३ वटा ब्यापारिक स्टल राखिएका छन् । महोत्सव डेढ लाख दर्शकले अवोलकन गर्ने अपेक्षा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *