भेडिखर्के साइँला स्मृति प्रतिष्ठान गठन

लमजुङ २९ माघ
ठाडोभाका शिरोमणि स्व. दीर्घराज अधिकारी (भेडिखर्के साइँला) को स्मृतिमा लमजुङमा प्रतिष्ठान गठन भएको छ ।
स्वर्गिय भेडीखर्के साइँलाले ठाडो भाकाको प्रवद्र्धनमा पु¥याउनु भएको योगदानको कदर गर्दै उहाँलाई सदा स्मरणयोग्य बनाउन र ठाडोभाका संरक्षण सम्बद्र्धनमा योगदान दिन प्रतिष्ठान गठन गरिएको हो । बेसीशहरमा आयोजित एक भेलाले समशेर लौडारीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा आनन्द घिमिरे, सचिवमा सूर्यबहादुर केसी, कोषाध्यक्षमा राजेश थापा चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा देवीबहादुर गुरुङ, भिमबहादुर दुरा, रामबाबु श्रेष्ठ, बुद्धीमान दुरा (धम्पु), विष्णुभक्त अधिकारी, उत्तम गुरुङ, नवीनराज कुइँकेल, नवीनचन्द्र घिमिरे, परमेश्वर अधिकारी, थकित यात्री, कमला केसी, ज्ञानेन्द्र शर्मा र अर्जुन परियार रहनुभएको छ ।
प्रतिष्ठानले विशेष कोष स्थापना गरि सुन्दरबजारमा भेडिखर्के साइँलाको शालिक स्थापना गर्ने, ठाडोभाका संरक्षण, नवप्रतिभाको खोजी गर्ने, मौलिक संस्कृतिको संरक्षणको साथै विविध सांस्कृतिक तथा साहित्यिक गतिविधिहरु सञ्चालन गर्ने योजना बनाइएको छ ।
पश्चिमाञ्चलमा अत्याधिक रुचाइएको ठाडो भाकाको सम्बद्र्धनमा भेडीखर्केको अतुलनीय योगदान रहेको छ । देउबहादुर दुराले सुरु गरेको ठाडो भाका उनको शेषपछि भेडीखर्केले विँडो थामेका थिए । उनको ८४ बर्षको उमेरमा २०७४ भदौ २६ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *