पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त

पोखरा, २९ माघ । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।

प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिनु भएको हो ।

‘मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रदेश नम्बर ४ निर्वाचित १२ जना सांसदको समेत समर्थन रहेकाले संविधानअनुसार मुख्य मन्त्रि  नियुक्त गरिपाउँ,’ एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

गुरुङ लमजुंग प्रदेस ख बाट निर्बाचित भइ मुख्य मन्त्रि बन्न लग्नु भएको हो  ।

प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको २७ सांसद छन् भने माओवादीका १२ जना सांसद छन्  ।

दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त  गर्नु भएको हो ।

मुख्यमन्त्री नियुक्त भए पनि गुरुङले पद तथा गोपनियताको सपथ फागुन २ गते बुधबार लिने कार्यक्रम छ ।