८ औ सुन्दरबजार महोत्सवको तयारी पुरा

सुन्दरबजार फागुन ११ ।

दोस्रो बेसीशहर महोत्सव सकिए लगत्तै लमजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजारमा यही फागुन दोस्रो साता आयोजना गरिएको ८ औ“ सुन्दरबजार महोत्सवको तयारी करीब पुरा भएको छ ।
लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईले फागुन १३ देखी २१ गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको हो । यसपालीको महोत्सवले सुन्दरबजार क्षेत्रको ऐतिहासिक र धार्मिक क्षेत्रको प्रबद्र्धन साथै संरक्षण गर्ने र पर्यटकीय गाउ“हरुमा होमस्टे सञ्चालन गर्ने योजना अघि सारेको छ ।
विश्वविख्यात अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको सुन्दरबजार भएकाले यस ठाउ“का पर्यटकीय क्षेत्रलाई प्रबद्र्धन गरी पदमार्गमा आएका पर्यटकलाई सुन्दरबजारमै बसाउने बातावरण सृजना गर्नतर्फ इकाई अघि बढेको अध्यक्ष सोम बहादुर न्यौपानेले बताए । ‘यहा“ थुप्रै पर्यटकीय स्थलहरु छन्, ऐतिहाशिक र धार्मिक क्षेत्रहरु पनि छन् उनले भने, यी क्षेत्रहरुको संरक्षण र प्रबद्र्धनमै यसपाली हाम्रो पहल हुनेछ ।’
इकाईले यसबर्ष सुन्दरबजारका पर्यटकीय गाउ“हरु सिन्दुरे, चन्द्रेश्वर, तार्कु, गहते बजारकोट पुग्न पदमार्ग निर्माण गर्ने, मस्र्याङ्दी नदिमा ¥याफटिङ सञ्चालन गर्ने, तार्कु गहते र तुर्लुङमा होमस्टे प्रवद्र्धन गर्ने र मुलकोट तथा चण्डीडा“डाबाट प्याराग्लाइडिङलाई व्यवसायीक रुपमा व्यवस्थापन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य लिएको छ ।
यस क्षेत्रका ऐतिहासिक र धार्मिक स्थलहरु तार्कुकोट, मुलकोट, बजारकोट, तुलुङकोट, सुत्केरी ढुङ्गा, खजेदुरा पार्कलाई संरक्षण गरी प्रचारप्रसारको साथमा प्रबद्र्धन गर्ने योजना समेत इकाइले बनाएको छ ।
सरकारबाट प्रास्तावित मध्यपहाडी लोकमार्ग यसै क्षेत्रबाट रेखाङ्कन गरिएकाले यसलाई औद्योगीक, व्यापारिक, एवं पर्यटन केन्द्रको रुपमा विकास गर्नतर्फ समेत क्रियाशील रहने इकाई अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘उद्योग, व्यापार, पर्यटनको प्रबद्र्धन, स्थानीय कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ आयोजित महोत्सव ९ दिनसम्म चल्नेछ । लमजुङ कृषि क्याम्पस खेल मैदानमा सञ्चालन हुने महोत्सवमा डेढ लाख दर्शक भित्रयाउने र २ करोड बराबरको कारोबार गर्नेे लक्ष्य राखीएको छ । महोत्सवमा १ सय ५० स्टल रहनेछन् । महोत्सव सफल बनाउन १ सय १ सदस्यीय मुल आयोजक समिति र ३० वटा उपसमितिहरु बनाइएको छ । महोत्सवमा औद्योगीक तथा व्यापारीक प्रदर्शनी, स्थानीय कृषि, घरेलु तथा हस्तकला प्रदर्शनी, परम्परागत खाना महोत्सव सहित पर्यटन, शैक्षिक, कृषि र जडिबुटीको क्षेत्रमा गोष्ठी गरिनेछ ।