स्थानीय तहलाई कृषि सेवा केन्द्र हस्तान्तरण

शान्ता कमली
लमजुङ २४ फागुन
लमजुङका ग्रामिण क्षेत्रमा रहेका कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय अन्र्तगत रहेका जिल्लाका २ वटा कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरीएको हो ।
कृषि विकास कार्यालय अन्र्तगत राइनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा रहेको कृषि सेवा केन्द्रका भौतिक पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गरीएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए । सुन्दरबजार सेवा केन्द्रको भवन, फर्नीचर र १८ रोपनी जग्गा हस्तान्तरण भएको छ भने राइनस सेवा केन्द्रको भवन,फार्नीचर र ८ रोपनी जग्गा हस्तान्तरण नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सोमबार कृषि सेवा केन्द्र सुन्दरबजार र चक्ततिर्थ कृषि सेवा केन्द्र राइनस हस्तान्तरण गरीएको अधिकारीले बताए । नेपाल सरकारको निर्णय अनुसार उक्त केन्द्र स्थानीय तहमा हस्तान्तरण गरीएको हो ।
बेशीसहर नगरपालिकामा कृषिको सेवा केन्द्र नभएको र जिल्लाका ४ गाउँपालीका र २ नगरपालिकाका सेवा केन्द्र अर्को चरणमा हस्तान्तरण गरिने बरिष्ठ कृषि विकास अधिकारीले बताए । जिल्लामा कृषि विकास कार्यालय लमजुङ अन्र्तगत ८ वटा कृषि सेवा केन्द्र रहेका छन् । राज्य पुनसंरचनासंगै गाउँ गाउँमा रहेका कृषि, केन्द्र स्थानीय तहको शाखाको रुपमा रुपान्तरण भएका छन् । यसअघि सेवा केन्द्रहरु जिल्ला कृषि विकास कार्यालय अन्तरगत थिए ।