लमजुङ मस्र्याङदी युवा क्लवको अध्यक्षमा जुन तामाङ चयन

बेसीशहर, फागुन २७
लमजुङ सदरमुकाम बेसीशहरस्थित लमजुङ मस्र्याङदी युवा क्लवको अध्यक्षमा जुन तामाङ चयन हुनुभएको छ । शनिवार सम्पन्न सातौँ अधिवेशनबाट तामाङ अध्यक्षमा चयन हुनुभएको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा विजय श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सरोज वाग्ले, तृतीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुनुुभएको छ ।

यस्तै सचिवमा रियाज मिया, सहसचिवमा पुर्ण श्रेष्ठ र कोषाध्यक्षमा अमृत गुरुङ चयन हुनुभयो । कार्यसमितिको सदस्यहरुमा विपिन श्रेष्ठ, अनिल थापा मगर, शान्ति श्रेष्ठ, प्रशान्त कायस्थ, रोजिना श्रेष्ठ र समराज परियार चयन हुनु भएको छ ।

क्लवका सस्थापक अध्यक्ष भद्रबहादुर खवासको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा पूर्व अध्यक्ष शुरेस प्रधान, सल्लाहकारहरु गोपाल परियार, कृष्णलाल प्रधान, नन्दलाल श्रेष्ठ, रेशमलाल श्रेष्ठ, अफजल मिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

क्लवका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव जुन तामाङले स्वागत गर्नुभएको थियो भने प्रकाश श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

यसैविच क्लवले आफ्नो बार्षिक साधरण सभाको अवसरमा टोलस्तरीय मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा भिमसेनस्थान टोल विजेता बनेको छ । छ समूहको सहभागिता रहेको प्रतियोगितामा बैक टोल उपविजेता बन्यो ।