गौंडामा सिभिल बैंक लिमिटेडको नयाँ शाखा स्थापना

गौंडा, फागुन २७
सिभिल बैंक लिमिटेडले लमजुङमा थप एउटा शाखा संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६, गौंडामा फाल्गुन २६ गतेबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने दावी गर्नुभयो । स्थानीय तहमा बैंकको महसुस गरेर नेपाल राष्ट्रबैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप कम्तीमा एउटा बैंकको शाखा खोल्ने कार्य जारी रहेको बताउनुभयो ।
कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनु भयो । ग्रामीण भेगका नागरिकको सेवाको लागि दूधपोखरी गाउँपालिकाजस्तो दुर्गम स्थानीय तहमा सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ लगायतले ग्रामीण भेगका नागरिकको सेवाको लागि दुर्गमा खोलिएको बैंकले स्थानीयमा वित्तिय ब्यवस्थापन बढाउने बताउनु भएको थियो । ग्रामीण भेगका नागरिक वित्तिय पहुँचबाट टाढा रहेकाले अब बित्तिय पहुँचमा पुगेको भन्दै यसले स्थानीयको आर्थिकस्थिति उकास्न समेत टेवा पुग्ने उहाँहरुले बताउनुभयो ।
कार्यक्रममा स्थानीयले पञ्चेबाजासहित केन्द्रीय टोलीको स्वागत गरेको थियो । आमा समूह, युवा क्लव, बाल समूहले साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए ।