लचित्र ‘डमरुको डण्डीबियो’ आउँदो बैशाख २१ गते देखि देशभर प्रर्दशन हुने

बेसीशहर, चैत १२

मनाङका सफल पर्यटन ब्यवसायी विनोद गुरुङ र नोर्बु छिरिङ घलेको निर्माणमा तयार भएको चलचित्र ‘डमरुको डण्डीबियो’ आउँदो बैशाख २१ गते देखि देशभर प्रर्दशन हुने भएको छ ।
चर्चित लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय रहेको सो चलचित्र छेतन गुरुङको निदेशनमा तयार भएको हो । चलचित्रको कथा स्वयं खगेन्द्रले लेखेका हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटाले संगीत भरेका छन् ।
लोप हुन लागेको डण्डीवियो खेलको बारेमा यो चलचित्रको कथा घुमेको छ । खगेन्द्रले चलचित्रमा डण्डीवियो खेलाडीको भूमिका निर्वाह गरेका छन् । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको अधिकांश छायाङ्कन लमजुङको पर्यटकीय घले गाउँमा गरिएको थियो ।