मानव बेचविखन न्युनीकरणका लागी सबैले पहल गर्नुपर्ने

बेसीशहर, चैत्र १६ ।
मानव बेचविखन तथा ओसारपसार जस्ता कार्यलाई न्युनिकरर्णका लागि सबैले पहल गर्नुपर्ने लमजुङका सरोकारवालाहरुले बताएका छन ।
महिला तथा वालवालिका कार्यालय लमजुङद्वारा शुक्रबार बेसीशहरमा आयोजित मानव बेचविखन तथा ओसारपसार न्युनिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा सो कुरा बताइएको हो ।
सहभागीहरुले मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराधका घटनाहरुलाई कसैले पनि नलुकाई सम्बन्धीत निकायमा जानकारी गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी युवराज मैनालीेले मानव बेचविखन जघन्य अपराध भएकाले यस्ता घटना भए तत्कालै नजिकैको प्रहरी कार्यालयमा खबर गर्न, उजुरी दिन अथवा मानव बेचबीखनको बिरुद्धमा काम गर्ने संघ सस्थाहरुलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
मानिसलाई जनावर सरी बेचबिखन गर्न नपाईने भन्दै उहाले यस्ता खाले घटनाहरु लुकाएर नराख्न आग्रह गर्नुभयो ।
सो अवसरमा मानव बेचविखन तथा ओसारपोसार विरुद्धमा काम गर्ने सस्थां र कार्यालय बीच अन्तरक्रिया समेत गरिएको थियोे ।
सो अवसरमा लमजुङका प्रहरी नायव उपरीक्षक पदमवहादु विष्टले मानव वेचबिखन तथा ओसारपोसारका विषयमा र समाजमा यस्ता घटना घट्ने कारणका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रम सामुदायिक सेवा केन्द्र लमजुङको समन्वयमा सञ्चालन भएको थियोे ।