कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

६ चैत, काठमाडाैं ।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा आज खड्काको निधन भएको हो ।

खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उहलार्इ नयाँ दिल्ली लगिएको थियो । स्वास्थ्य स्थिति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

नेपाली कांग्रेसका नेता खड्का प्रस्ट बिचार र अडान राख्ने निडर र हठी स्वभावका रहेकाले शक्ति मा नहुदा पनि  खड्का कांग्रेस राजनीतिमा केन्द्रदेखि तल्लो तहसम्म शक्तिशाली र लोकप्रिय  हुनुहुन्थ्यो ।प्रजातन्त्र र लोकतन्त्र स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका खड्काको जिबनको लामो समय जेलमा र प्रवासमा जीवन बितेको थियो । उहाँ बि पी कोइरालाका प्रिय पात्र हुनुहुन्थ्यो ।