बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि कल्पना गर्न सकिदैन : गभर्नर नेपाल

बेसीशहर, चैत्र १७ गते

सिभिल बैंक लिमिटेडले आफ्नो ५९ औं शाखा लमजुङ सदरमुकाम बेसीशहरमा खोलेको छ । शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले उद्घाटन गर्नुभएको छ ।
शाखाको उद्घाटन गर्दै गभर्नर डा. नेपालले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि कल्पना गर्न नसकिने बताउनुभयो । देशका अति दुर्गम स्थानहरुसम्म बित्तीय पहुँच पु¥याउने सोच अनुरुप मौद्रिक नीति बनाईने र त्यस्को कार्यान्वयनमा जोड दिइने सो अवसरमा उहाँले बताउनुभयो ।
नेपालको कूल जनसंख्याको ४० प्रतिशतले मात्र बैकिंग सेवा लिएका सो को ४२ प्रतिशतले मात्र ऋण सुविधा लिने गरेको गभर्नर नेपालले सो अवसरमा बताउनुभयो । स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले देशका सबै स्थानीय वित्तिय पहुँच पु¥याउने नीति लिए अनुसार स्थानीय निकायमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताउनुभयो ।
गभर्नर नेपालले ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसबाट देशमा आर्थिक सम्बृद्धि आउने विश्वास ब्यक्त गर्नुभयो ।
शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, पूर्व माननीय सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादूर थापा, नेपाल राष्ट्र बंैक, गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित लगायत लमजुङका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । राष्ट्र बैंकले स्थानीयस्तरमा बित्तीय पहुँच पु¥याउने नीति लिए अनुसार सिभिल बैंक लिमिटेडले लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याईसकेको जानकारी गराउनुभयो ।
सिभिल बैंकले आफ्ना दुईलाख भन्दा बढी ग्राहकहरु रहेका र ३७ अर्व भन्दा बढी निक्षेप संकलन गरी गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको जनाएको छ ।