प्रशासनद्धारा खुदी र भुलभुलेका पसल अनुगमन

लमजुङ ७ वैशाख
जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका विभिन्न भागमा रहेका पसलहरुको अनुगमनलाई तीब्रता दिएको छ ।
यसै क्रममा प्रशासनले सदरमुकाम बेसीशहर र मस्र्यादी गाउँ पालिका अन्तर्गत खुदी र भुलभुलेमा पसलहरुको अनुगमन गरिएको छ । सो क्रममा स्थानीय स्तरमा खुलेका किराना, मासु, मिठाई, फेन्सी तथा कपडा  र औषधी पसलसमेतको अनुगमन गरिएको थियो ।
बेसीशहरको वडा नंं ७, ८ तथा मस्र्याङ्दी गाउँपालिकाको वडा नम्बर ३ , ७ र ८ मा रहेका पसलहरुको अनुगम गरिएको हो । अुनगमनका क्रममा खुदी भुलुभुलेका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्य सामाग्रीहरु भेटिनुका साथै पसलहरुमा मुल्य सूचि राखेको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले बताउनुभयो । कतिपय पसलहरु दर्ता नगरी नै सञ्चालनमा आएका र कतिपयमा पसलको बोर्ड नराखिएको पाइएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा म्याद गुज्रेको खाद्य सामाग्रीहरुलाई जफत गरीएको छ । दर्ता नभएका पसलहरुलाई  दर्ता गरेर मात्र पसल  संचालन गर्न निर्देशन गरीएको र मुल्यसुचि नराखिएका पसलहरुलाई अनिवार्य मुल्यसुचि टाँस गर्न निर्देशन दिइएको छ ।
त्यस्तै पसलहरु सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । आगामी दिनमा हुने अनुगमनमा समेत निर्देशनको अवज्ञा गरेको पाइएमा पसल बन्द गरिने चेतावनीसमेत दिइएको छ ।