पर्यटकीय राइनासकोटलाई चलचित्र छायांकनको उर्वर थलो बनाउन प्रायास

बेसीशहर, ७ बैशाख ।
लमजुङको पर्यटकीय राइनासकोटलाई चलचित्र छायांकनको उर्वर थलो बनाउने विषयमा राइनासकोटमा अन्तरक्रिया गरिएको छ ।
रंगपत्रकार स्वस्तिका चिलुवालको प्रयासमा “राईनास भित्र नेपाली चलचित्र” विषयमा बिषयक अन्तरक्रिया कार्यक्रम संपन्न भएको हो । प्रकृतिक सुन्दरताको अनुपम स्थल राईनासकोटलाई चलचित्र क्षेत्र सम्म प्रत्यक्ष रुपमा जोड्नका लागी अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको हो ।
अन्तरक्रियामा चलचित्र निर्माता÷निर्देशक÷कलाकार÷ पत्रकार र जनप्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा सहभागी कलाकर्मीहरुले चलचित्र छायाँङकन का लागि राईनासकोट उत्कृष्ट स्थल रहेको भन्दै त्यहाँको भौतिक पूर्वाधारमा जोड दिन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । उनीहरुले राईनसकोट सम्म पुग्न सक्ने सडकको स्तरोन्नती गर्न सके र छायाँङकनका लागी आवश्यक पर्ने संरचानाहरुको निर्माण गर्न सके राइनासकोट नेपाली चलचित्र छायाँङकनको उत्कृष्ट गन्तब्य हुने बताएका थिए ।
सो अवसरमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले राइनासकोटमा चलचित्र छायांकनको लागि पूर्वाधार बनाउन सके त्यहाँको पर्यटन प्रवद्र्धनका लागि पनि कोशेढुंगा सावित हुने बताउनुभयो । पर्यटक भित्राउनका लागि नेपाली चलचित्रले महत्वपुर्ण भुमीका खेल्ने भएकाले त्यहाँको पुर्वाधार निर्माण र प्रचार प्रसार आवश्यक रहने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै राईनास नगरपालीकाका मेयर सिहं बहादुर थापाले राईनासकोट सम्म पुग्ने बाटोलाई स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउँदै चलचित्र छायांकनका लागि आवश्यक अन्य पूर्वाधारमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
राईनासकोटको पुन निर्माण अभियान्ता अमेरीकी नागरीक नतासा वोज्नियाकसमेत राइनासकोटमा चलचित्र छायांकनको कुरा सन्दा आफू दंग परेको भन्दै पुननिर्माणको सुरुवात गर्दा यो चलचित्र छायाँङन हुन सक्ला भन्ने आफूले नसोचेको बताउँदै यस्तो सोचाइ ल्याएकामा औधी खुशी लागेको बताउनुभयो ।
राइनासकोटको प्रकृतिक, सांस्कृतिक र पर्यावरणीय सुन्दरता देखे बुझेर नै आफूले त्यहाँ नेपाली चलचित्र छायाङ्कन गर्न सकिने सम्भावना देखेर कार्यक्रम ल्याएको जानकारी चलचित्र पत्रकार स्वस्तिका चिलुवालले बताउनुभयो । सोही अवसरमा नेपाल चलचित्र कलाकार संघका प्रथम उपाध्यक्ष एवं चलचित्र निर्माता केशब भटराईले चलचित्र छायाँङकन संगै म्युजिक भिडियोे छायाँङकनको लागी राईनासकोट उत्कृष्ट ठाउँ रहेको बताउनुभयो ।
कार्यक्रममा राईनास नगरपालीका वडा नं ८ का वडा अध्यक्ष देव बहादुर थापा, राईनसकोट पर्यटन व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर गुरुङ, नेपाली काग्रेस लमजुङका पुर्व सभापति तुलसी नरायण श्रेष्ठ, बरिष्ठ कलाकार रविन्द्र खड्का, वरिष्ठ छायाँङकार संजय लामा, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, निर्देशक सम्राट शाक्य, द्वन्द्ध निर्देशक हिमाल के.सी, लगायतको उपस्थिति थियो ।