शैक्षिक गुणस्तर बढाउन लमजुङमा शैक्षिक मेला

शान्ता कमली
लमजुङ ५  जेठ
घर, समुदाय तथा विद्यालयमा पढाई संस्कार प्रर्वद्धन गरी बालबालिकाको पढाई बानीको विकास गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरीएको छ । सुन्दरबजार नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र मन्दीर मावि परेवाडाँडामा १ दिने शैक्षिक मेलाको आयोजना गरिएको हो ।
मेलामा सहभागी अभिभावक कमल बहादुर तिवारीले यस्ता शैक्षिक मेलाहरुले बालबालिकाहरुको पढाईप्रति बानीको बिकास गरी शैक्षिक गुणस्तर बृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले भने ‘सामुदायिक विद्यालय सुधार्न शैक्षिक मेलाको आयोजना गर्नुपर्छ ।’ ‘घर समुदाय तथा विद्यालयमा पढाई संस्कार प्रर्वद्धन गर्ने र पढाई संस्कारको विकासले मात्र वालवालिकाको पढाई बानी निर्माण गरि उनीहरुको जग वलियो वनाउँन सकिन्छ ।’स्थानिय शिक्षिका संगीता कुमालले ‘शैक्षिक गुणस्तर बढाउन कार्यक्रमले महत्वपुर्ण भुमीका खेल्ने बताइन् ।’उनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कीदै गएकाले यस्ता कार्यक्रम आयोजना गरेमा प्रभावकारी हुने बताइन् ।
जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डेले शैक्षिक मेलाले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन निकै महत्व राख्ने बताए । उनले भने ‘ शैक्षिक मेलाले विद्यालयमा पठन सस्कृतिको विकास हुनेछ । जसका कारण प्रत्येक विद्यालयहरुमा पढाईमा सुधार आउनेछ । शैक्षिक सुधार गर्नका लागि सुरुमा अभिवावक र शिक्षकमा परिवर्तन हुँन जरुरी रहेको उनले बताए । साथै मेलाले विद्यार्थीको क्षमता विकास र नेतृत्व गर्न सक्छु भन्ने भावनाको विकास हुने बताए ।
विद्यालयका प्रधानाध्यपक वुद्धी बहादुर खड्काले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शैक्षिक मेलाको आयोजना गरिएको बताए । उनले भने शैक्षिक मेलाले बालबालिकाहरुको पढ्ने बानीको बिकास गरी शैक्षिक गुणस्तर बृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने छ ।
मेलामा सुन्दरबजार नगरपालिकाभित्रका ६ वटा विद्यालय, दोर्दी गाउँपालिका अन्र्तगतका २ वटा , बेसीशहर नगरपालिका अन्र्तगत एउटा विद्यालय गरी ९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । मेलामा कक्षा १ देखि १० सम्म विज्ञान ,गणित र नेपाली विषयसम्बन्धी शैक्षिक समाग्रीहरुको पनि प्रदशनी समेत भएको थियो । शिक्षकले निर्माण गरेका कम मुल्य पर्ने तथा मुल्य नैं नपर्ने नविनतम् शैक्षिक सामाग्रीहरु प्रर्दशन गरिएका थिए ।
कार्यक्रममा मावि र आधारभुत स्तरिय चित्रकला प्रतियोगीता, कविता र कथा प्रतियोगीता, नृत्य प्रतियोगीता, अक्षरलेखन प्रतियोगीता समेत गरिएको थियो । कक्षा १ देखि ५ सम्म नेपाली अक्षर चिन्ने र अग्रेजी अक्षर चिन्ने ,गणीतको समस्या हल गर्ने नगरपालिकास्तरीय प्रतियोगिता समेत गरिएको विद्यालयका प्रअ खड्काले बताए । मेलामा विद्यार्थी र अभिभावक प्रर्दशन स्थलमा झुम्मिएका थिए । कार्यक्रममा विद्यार्थीले बालविवाहले समाजमा पारेको असर सम्बन्धी चेतनामुलक नाटक समेत प्रस्तुत गरेका थिए ।
मेलामा मोडल कक्षा, विद्यार्थीका क्रियाकलाप, शैक्षिक सामाग्री स्टल, गणित शैक्षिक सामाग्री स्टल, घरमापढाई कुना स्टल तथा सृजनात्मक क्रियाकलाप स्टल गरी जम्मा १० वटा स्टलहरु राखिएको थियो । मेलामा ४ सय बढिले अवलोकन गरेका थिए । २०१७ सालमा स्थापना भएको महेन्द्र मन्दीर माविमा हाल २ सय जना विद्यार्थी अध्ययनरत छन् । महेन्द्र मन्दीर माविको आयोजना र भिएसो नेपाल, सर्वोदयसेवाश्रम र आइसीयसको समन्वयमा शुक्रबार १ दिने शैक्षिक मेला आयोजना गरीएका सर्वोदयसेवाश्रमका अध्यक्ष कृष्णराज ओलीयाले जानकारी दिए ।