मनाङमा नेपाल प्रेस युनियनकाे नयाँ शाखा गठन, पत्रकारहरू उत्साहित

गम्भीरजंग विश्वकर्मा

चामे, जेठ १७ ।

हिमाल पारीको जिल्ला मनाङमा नेपाल प्रेस युनियनले नयाँ शाखा स्थापना गरेकाे छ । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलको प्रमुख आतिथ्यमा लाेकतन्त्रप्रति प्रतिबद्ध मनाङका पत्रकारहरूकाे बुधबार चामेमा भएकाे  भेलाले नेपाल प्रेस युनियन मनाङकाे तदर्थ समिति गठन गरेको हो ।
भेलाले नविन लामिछानेकाे अध्यक्षातामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकाे छ । समितिको उपाध्यक्षमा गम्भीरजंग विश्वकर्मा, सचिवमा थुतेन लामा, सह–सचिवमा मीनकाशी गुरुङ र कोषध्यक्षमा इन्द्रकुमारी श्रेष्ठ लामा चयन हुनु भएकाे छ ।

त्यस्तै सदस्यहरूमा सुरेश थापा, चेकमान गुरूङ , मेनका घले, खरिमाया गुरूङ , नेगम परियार र बुद्धि गुरूङ  चयन हुनुभएकाे छ ।

भेलामा प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटी, पूर्व अध्यक्ष समिरजंग शाह, गण्डकी अञ्चलका पूर्व अञ्चल संयाेजक मिलन शर्मा दनाइ, केन्द्रीय सदस्य ऋषिकान्त पौडेल लगायत सहभागी हुनहुन्थ्याे ।त्यस्तै नेपाली कांग्रेस मनाङका उपसभापति तथा जिल्ला समन्वय समितिका संयाेजक यज्ञप्रसाद घले, मनाङ कांग्रेसका युवा नेता अनिता लामा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साे अवसरमा अध्यक्ष सिग्देलले निडर भएर पत्रकारितामा लाग्न र मनाङका विकट क्षेत्रमा पनि पुगेर समाचार सम्प्रेषणा गर्न नवगठित समितिलाइ निदेशन दिनुभयाे । ब्यवसायीक मर्यादा प्रति सचेत रहदै लाेकतन्त्रकाे पहरेदारी  गर्न उहाँले नवगठित समितिलाइ अाग्रह गनुर्भयाे । शाखा गठन भएसँगै  लोकतान्त्रिक पत्रकारहरुले अाफूहरूमा निकै उत्साह छाएकाे बताएका छन् ।